२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

कुनै एक दलले बहुमत ल्याउन गाह्रो छ : सभापति देउवा

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते १४:४४
कुनै एक दलले बहुमत ल्याउन गाह्रो छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउनसक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताएका छन् ।

आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए । उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनैपनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको बताए । 

उनले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ । सबैलाई मिलाएर लाने संविधान छ । यसले कुनैपनि पार्टीको बहुमत आउन चाहीँ गाह्रो छ । तर गाह्रो भएतापनि सबैलाई मिलाउन सक्ने यो संविधान छ । नेपालको संविधान पूर्णरुपमा समानुपातिक र समावेशी आधारमा छ । यसमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेसी, महिला सबैको यसमा समावेशीता छ । त्यसैले अहिलेको संविधानले अत्यन्तै ठूलो र महत्वपूर्ण भुमिका खेलेको छ । हाम्रो पार्टीभित्र पनि सबैलाई समानुपातिक, समावेशी किसिमको हाम्रो विधान छ । त्यसकै आधारमा अहिले मुस्लिम समुदायबाट पनि नेताहरु हुनुहुन्छ ।’

उनले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए । कांग्रेसको विधान समावेशी समानुपातिक रहेको समेत उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise