२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

नयाँ वर्षमा नयाँ सरकार बन्छ : प्रचण्ड

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते १५:५२
नयाँ वर्षमा नयाँ सरकार बन्छ : प्रचण्ड

काठमाडौं :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

गृह जिल्ला चितवनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले नयाँ घटनाक्रमहरू विकसित भएको आफूले अनुभव गरिरहेको बताए ।

यो सरकार धेरै अगाडि जान सहज परिस्थिति नरहेको बताउँदै उनले सरकार फेरबदलको सम्भावना तीव्र रहेको पनि दाबी गरे । दाहालले सरकारतर्फ माओवादीको ध्यान नरहेपनि अहिलेको सरकार धेरै अगाडि जान सहज छैन भन्ने परिस्थितिले देखाएको बताए । 

उनले अहिलेको नयाँ अनुभवका आधारमा आफूले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे ।

वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि सडकमा आएकाले सरकारको भविष्य सुनिश्चित नरहेको अध्यक्ष दाहालको भनाइ छ ।

शिक्षक, डाक्टर, नर्स र राजनीतिक दलहरू समेत वर्तमान सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको भन्दै दाहालले परिस्थिति निकै गम्भीर र पेचिलो बनेको विश्लेषण गरे । उनले चौतर्फी रूपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ वर्षले केही न केही निकास लिएर आउने उल्लेख गरे ।
उनले नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्ने आफूलाई लागेको पनि बताए ।

अध्यक्ष दाहालले वर्ष २०८१को समीक्षा गर्द राजनीतिक घटनाक्रमका हिसाबले यो वर्ष औसत भएको टिप्पणी गरे । वर्ष २०८२मा राम्रो काम गर्न २०८१ सालले आधार भने दिएको उनको भनाइ छ ।
 

ADV

सम्बन्धित खबर

Advertise