२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

आफ्नै नेतृत्वको सरकारविरुद्ध जनमत पार्टीको प्रर्दशन

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते १५:५७
आफ्नै नेतृत्वको सरकारविरुद्ध जनमत पार्टीको प्रर्दशन

जनकपुरधाम : जनमत पार्टीले मधेश प्रदेश सरकारविरुद्ध प्रर्दशन गरेको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि जनमत पार्टीका नेताहरूले सरकार र मन्त्रीविरुद्ध प्रर्दशन गरेका हुन्  ।

मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार छ । तर नेताहरूले सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै प्रर्दशन गरेका छन् ।

योजना खरिद–बिक्रीका सन्दर्भमा छानबिन गर्न, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा एउटा पनि योजना नदिएको भन्दै पुरक परियोजनाबाट बजेट विनियोजन गर्न माग गर्दै जनमतले प्रर्दशन गरेको हो ।

प्रर्दशनमा सहभागीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्रमा जनकपुरधामको सार्वजनिक सम्पत्ति संरक्षण गर्न र अतिक्रमण हटाउनसमेत माग गरेको उल्लेख छ ।


 

ADV

सम्बन्धित खबर

Advertise