२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

प्रधानमन्त्रीले गरे गौरादह नगर अस्पतालको शिलान्यास

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते १७:५५
प्रधानमन्त्रीले गरे गौरादह नगर अस्पतालको शिलान्यास


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आइतबार शिलान्यास गरेका छन् ।
नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उनले शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिन सक्ने बताए ।

उनले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए ।

२ बिघामा १२ करोड ५९ लाख ७९ हजार ४९६ रुपैयाँको लागतमा २०८३ साल माघ १४ भित्र बन्नेगरी जे एण्ड जे निर्माण सेवासँग सम्झौता भएको छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन ।
 

ADV

सम्बन्धित खबर

Advertise