२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सचिवालय बैठकले गर्‍यो यस्ता निर्णय

draupadi film
मध्यान्ह
२०८२ वैशाख १ गते १५:४२
पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सचिवालय बैठकले गर्‍यो यस्ता निर्णय

काठमाडौं : नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरुमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।

त्यस्तै पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने गर्ने निर्णय गरेको छ । उनले निरंकुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेसनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिए ।

उनले बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरुबारे समेत समिक्षा भएको बताए । शाहद्वारा आइतबार सार्वजनिक भिडियो सन्देशप्रति आपत्ति जनाउँदै उनले शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise