२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

दुुर्घटनामा १ को मृत्यु, १० घाइते

draupadi film
मध्यान्ह
२०८२ वैशाख १ गते १७:१९
दुुर्घटनामा १ को मृत्यु, १० घाइते

काठमाडौं : गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा ८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटनामा  घाइते भएका गोरखको भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको मृत्यु भएको हो । उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि सवार १८ वर्षीय रवीन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा पठाइएको छ ।

यस्तै, बागलुङको तमानखोला गाउँपालिका—२ बोङ्गादोभानमा सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोमबार बोङ्गादोभानबाट भयरकटेरीटतर्फ जाँदै गरेका ग १ ज ५७०५ नम्बरका पिक अप जिप उकालोमा ब्रेक फेल भई सडकमा पल्टिदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

जिपमा सवारी चालकसहित ११ जना रहेको प्रहरीले जानकारी दिएको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise