२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

डाक्टरहरूले दिए सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’

draupadi film
मध्यान्ह
२०८२ वैशाख १ गते १८:०७
डाक्टरहरूले दिए सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’


काठमाण्डु : नेपाल चिकित्सक संघले सरकारलाई माग सम्बोधनका लागि ७२ घण्टे ‘अल्टिमेटम’ दिएको छ । 

संघका महासचिव डा.सञ्जिव तिवारीले सोमबार विज्ञप्ति निकाल्दै २ बुँदे माग सम्बोधनका लागि ७२ घण्टे ‘अल्टिमेटम’ दिएका हुन् । तोकिएको समयभित्र माग पूरा नभए देशका सम्पूर्ण चिकित्सकहरू  चरणबद्ध आन्दोलनमा उत्रर्ने उनले चेतावनी दिए ।

‘आयोगले प्रकाशित गरेको सिट म्याट्रिक्समा १७ औँ बैठकले पुनः थपेको सीट संख्या समेत जोडेर १ सीट पनि नघटाई भविष्यमा पनि पिजी सीट नघट्ने दिशामा जाने गरी अविलम्ब म्याचिङ प्रक्रियाको सुरुवात हुनुप¥यो । हाल स्नाकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूले एवं भोलिका दिनमा अध्ययन गर्न आउने आवासीय चिकित्सकहरूले आठौं तह बराबरको निवृत्तिभरण तत्काल पाउनुप¥यो’, विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले सम्पूर्ण आवासीय चिकित्सकहरूलाई नेपाल सरकारको ८औं तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निवृत्तीभरण दिने निर्णय गरेको थियो । सो निर्णयको तत्काल एवं निःर्शत कार्यान्वयन नै संघको अन्तिम विन्दु हुने विज्ञप्तिमा उल्लेख छ ।  

विगत लामो समयदेखि विभिन्न नीजि मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरू एवं एमडी/एमएस/एमडीएस लगायत विभिन्न स्नात्तकोत्तर तहमा अध्ययन गर्न संघर्षरत परीक्षार्थीहरू आन्दोलनमा छन् । 

यता विगत लामो समयदेखि विभिन्न माग राखेर आवासीय चिकित्सकहरू आन्दोलनमा छन् ।

नीजि मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरू एवं एमडी÷एमएस÷एमडीएस लगायत विभिन्न स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सहरू आन्दोलन गर्दै आएका हुन् । 

सरकारी चिकित्सक सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूसँग सरकारले सहमति गरेको थियो । 

उनीहरूले ‘नो पे, नो वर्क’जस्ता नारा लगाउँदै हरेक दिन माइतीघरमण्डलामा पुगेर प्रदर्शन गर्दै आएका छन् । नीजि मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले समेत कलेजमै विरोध प्रदर्शन गर्दै आएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले सरकारी सरह पारिश्रमिक नदिने नीजि मेडिकल कलेजहरूको सम्बन्धन खारेज, बीमा लगायत सरकारी अनुदान सम्पूर्ण कार्यक्रम रद्द गर्ने लगायतका कारवाही गर्ने निर्णय गर्न माग गरेको छ । 

यी मागहरू सम्बोधन हुनुपर्ने भन्दै चिकित्सकहरूले आफुले प्रदान गर्दै आएका सेवा बहिष्कार गर्ने र मेडिकल कलेज परिसरमा धर्ना दिने तथा प्रदर्शन गर्दै आएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise