२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

सत्तारूढ राजनीतिक संयन्त्रको बैठक बस्दै

draupadi film
२०८२ वैशाख ३ गते ०६:२०
सत्तारूढ राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं : आज बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । मंगलबार दिउँसो सत्ता गठबन्धन दलका २ शीर्ष नेता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटपछि संयन्त्रको बैठक बस्ने सहमति भएको हो । 

पछिल्ला केही दिनयता सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसका महामन्त्रीलगायत नेताहरूले सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै आएका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू डा. शेखर कोइराला, एनपी साउदलगायतले सरकारले कामको गति बढाउन नसकेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाइरहेका बेला ओलीले विभिन्न बैठकहरू बोलाउन लागेका हुन् ।

यसैको पूर्वतयारीस्वरूप प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई मंगलबार भेटेर छलफल गरेका हुन् । 

सत्ता सहयात्री दल कांग्रेसका सभापति देउवासँगको भेटपछि प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक बुधबार दिउँसो बालुवाटारमा बस्ने ओलीको सचिवालयको भनाइ छ ।

‘पहिला संयन्त्र सदस्य मात्र बसेर पछि सभापति र प्रधानमन्त्री पनि बस्न सक्नुहुन्छ । एकै पटक पनि हुन सक्छ’, संयन्त्रका एक सदस्यले भने, ‘पछिल्लो राजनीतिक अवस्थाबारे बैठकमा छलफल हुन्छ । कसरी सरकार अगाडि बढ्ने र नियुक्तिका सवालमा पनि कुरा हुन सक्छ ।’ 

उच्चस्तरीय राजनीतिक संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

त्यस्तै, कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छन् ।

ADV

सम्बन्धित खबर

Advertise