२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

महिला संघका २० केन्द्रीय सदस्यहरूले दिए राजीनामा

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते १५:२२
महिला संघका २० केन्द्रीय सदस्यहरूले दिए राजीनामा

काठमाडौं -नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवासमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।

पार्टी विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको जनाउँदै उनीहरू राजीनामा दिएका हुन् । राजीनामा दिनेहरू नेता शेखर कोइराला निकट छन् ।

उनीहरूले बैठक बसेर संगठनका क्रियाकलापहरू अघि बढाउन अध्यक्षलाई भनेपनि सुनवाई र पहल नगरेका कारण आफूहरूले सामूहिक राजीनामा दिएको सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा पत्रमा उनीहरूले अध्यक्षले पहल नगरेका कारण महिला संघले गति लिन नसकेको बताएका छन् । संगठनमा मनोमानी भएको, अध्यक्षले विधानबमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको उनीहरूले बताएका छन् ।

‘तमाम विषयहरूमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिला संघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौँ’, राजीनामा पत्रमा लेखिएको छ । 

राजीनामा दिनेहरूमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सीता घिमिरे, तारा थपलियालगायत छन् । 

ADV

सम्बन्धित खबर

Advertise