२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

पुल निर्माणका लागि दबाब दिन चक्काजाम

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते १५:४७
पुल निर्माणका लागि दबाब दिन चक्काजाम

जनकपुरधाम : जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत धनुषाको बसहीमा पुल निर्माणको माग गर्दै स्थानीयले चक्काजाम गरेका छन् । 

जनकपुर–ढल्केभर ६ लेनमा अवस्थित मिथिला नगरपालिका–२ र ६ को सीमानामा पर्ने बसही पुल निर्माणको काम ठेकेदारले लामो समयदेखि अलपत्र पारेपछि स्थानीयहरू सडक अवरुद्ध गर्दै आन्दोलित बनेका हुन् । उनीहरूले बुधबार आधा घण्टा चक्काजाम गरे ।

अलपत्र पुलमा दिनहुँ सवारी दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । बुधबार पहिलो दिन सांकेतिक रूपमा दबाब दिन आधा घण्टा मात्रै चक्काजाम गरिएको कृषि बजार व्यवस्थापन समिति ढल्केबरका अध्यक्ष  बुधेश्वर महतोले बताए । 
 

ADV

सम्बन्धित खबर

Advertise