२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

नयाँ प्रजातिको चरा भेटियो

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते १६:२०
नयाँ प्रजातिको चरा भेटियो

चितवन- पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चरा–बैजनी कोइली फेला पारेका छन् । नेपाल र मलेसियाका चरा विज्ञहरूको टोलीले उक्त चरा फेला पारेको हो । नेपाल पन्छीविद् संघले बुधबार यस बारेमा जानकारी दिएको छ ।
२५ चैतमा नेपालका चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनको क्रममा समुन्द्र सतहबाट ३ सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रमा उक्त चरा फेला पारेको थियो ।

गुरुङको साथमा मलेसियकाका चरा विज्ञ एलेकजान्डर जोन एङ याङ र रोजर रोबर्ट राजा पनि थिए । टोलीमा नेपाली चराविद् अनिश तिमिल्सिना पनि संलग्न थिए । बिहान देखा परेको उक्त चरा ‘भ्वाइलेट कुक्कु’ भएको टोलीले प्रारम्भिक पहिचान गरेको थियो । थप पुष्टिका लागि उनीहरूले आफूले खिचेको चराका फोटो र भिडियो २८ चैतमा नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।

रेकर्ड कमिटीले स्वदेशी विदेशी चराविज्ञहरूको राय लिएर उक्त चरा नेपालका लागि नयाँ भएको पत्ता लगाएको कमिटीका तर्फबाट डा. तुलसी सुवेदीले जनाएका छन् । अंग्रेजी नाम भ्याइलेट कुक्कु रहेको सो चराको वैज्ञानिक नाम क्राइसोककस साइन्थोरिङ्कस हो । योसँगै नेपालमा पाइने चराको प्रजातिको संख्या ८९९ पुगेको छ ।

कुकुलिफम्र्स वर्गको कुकुलिडी परिवारमा पर्ने यो चरा भुटान, मलेसिया, सिङ्गापुर, बंगलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, फिलिपिन्स, म्यानमार, थाइल्याण्ड र भियतनाममा आवासीय रूपमा नै पाइने गरेको पन्छीविद् संघले जनाएको छ ।

यसले भुटान, फिलिपिन्स र सिंगपुरमा प्रजनन् गर्ने पाइएको छ । विश्वमा यो चराका २ उपप्रजाति सी. एक्स. साइन्थोरिङ्कस र सी. एक्स. एमिथिस्टिनस छन् । नेपालमा भेटिएको चरा सी. एक्स. साइन्थोरिङ्कस भएको नेपाल संघले जानकारी दिएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise