२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

जेठको दोस्रो हप्तासम्म राजावादी अभियानको टुंगो लाग्छ : डा. गुरुङ

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते १८:१३
जेठको दोस्रो हप्तासम्म राजावादी अभियानको टुंगो लाग्छ : डा. गुरुङ

काठमाडौंः नेपाल ऋषि प्राज्ञ डा.जगमान गुरुङले राजावादीहरुको अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तासम्म लाग्ने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित राष्ट्र निर्माणको लागि युवा प्रतिबद्धता नामक कार्यक्रममा बोल्दै उनले राजा र जनताको बीचमा अरु कुनै निकाय र दल नहुने कुरा बुझ्न जरुरी रहेको बताए । उनले भने, ‘राजा र जनताको बीचमा अरु कुनै निकाय छैन, त्यहाँ कुनै दल नै छैन । त्यो कुरा हामीले बुझ्नुपर्छ । अब जेठको दोस्रो हप्तासम्म धैर्य गर्नुहोस् । हाम्रो आन्दोलन सफल हुन्छ । हाम्रो अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तामा हुने छ ।’

यस्तै, उनले देशमा नेतृत्वकर्ताहरु अहंकार पालेर बस्ने, युवाहरुको कुरा सुन्न नचाहने बुढाहरु रहेको भन्दै अब देश धान्ने दायित्व युवाहरुको भएको बताए । उनले भने, ‘अब यो देश धान्ने दायित्व युवाहरुको हो । तर हामी बुढाहरु कस्ता छौं त ? अहंकार पालेर बस्ने, बोलायो मञ्च चाहिने, मन्तव्य चाहिने फ्लोरमा बसेर युवाहरुको कुरा सुन्न नचाहने त्यस्ता बुढाहरु छन् । त्यसकारणले युवाहरु अगाडि  जाग्नुपर्छ ।’ 

उनले राजाले पनि सार्वभौम सत्तालाई मनेर शासन गर्नुपर्ने भन्दै सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व पनि राजाको नै रहेको बताए । ‘राजाले पनि सार्वभौम सत्तालाई मनेर शासन गर्नुपर्छ र सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व राजाको हो भन्ने परम्परामा हामी हुर्केका छौं । त्यसैले राजाले जनतालाई मान्ने,जनताले राजालाई मान्ने हो । त्यसैले यसको बीचमा अरु केही छैन’ उनले भने ।
 

ADV

सम्बन्धित खबर

Advertise