२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

प्रचण्डले भनेकै आधारमा सरकार बन्ने र ढल्ने हुँदैन : कांग्रेस

draupadi film
मध्यान्ह
२०८२ वैशाख ४ गते १३:४८
प्रचण्डले भनेकै आधारमा सरकार बन्ने र ढल्ने हुँदैन : कांग्रेस

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने बताएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशरण महतले प्रतिपक्षमा रहेका प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताए ।

प्रमुख प्रतिपक्षी दलले सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्नु स्वभाविक रहेको उनले बताए ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा सरकार ढल्ने दाबी गरेका थिए । त्यस्तै प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफू तयार रहेकोसमेत बताएका थिए । 

ADV

सम्बन्धित खबर

Advertise