हुम्लो- वर्षापछि आएको बाढीपहिरोले हुम्लामा धेरै क्षति भएको छ । जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ र ३ मा वर्षाले क्षति गरेको हुम्लामा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
बाढी पहिराले केही घरहरूमा पनि क्षति पुगेको छ । नम्बर २ र ३ को बीचमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा समेत पानी पसेको छ । तर गोदाममा रहेको चामल सुरक्षित स्थानमा सारिए पनि तल्लो लहरमा रहेका चामलका बोरा भने भिजेका छन् ।
गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहका गाउँपालिका कार्यालयसमेत पहिरोको जोखिममा परेको छ । पहिरोले करिब १०० वटा जति भेडाबाख्रा मरेको उनले बताए । त्यस्तै केही घरहरू बस्नै नमिल्ने गरी भत्किएका छन् । पसलहरूमा समेत क्षति पुगेको छ ।