२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

परराष्ट्रमन्त्री डा.राणा बैंकक जाँदै

draupadi film
मध्यान्ह
२०८२ वैशाख ६ गते २१:५४
परराष्ट्रमन्त्री डा.राणा बैंकक जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक जाने भएकी छन् ।

यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् । 

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा. राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ । सो सत्रलाई मन्त्री डा.राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

यस सत्रको विषय वस्तु एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । 

सो सत्रमा मन्त्री डा.राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ । उनीहरु यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ । 
 

ADV

सम्बन्धित खबर

Advertise