२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

आन्दोलनमा राप्रपा

draupadi film
२०८२ वैशाख ८ गते ०६:१०
आन्दोलनमा राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्ता दिने बताएका छन् । आइतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै उनले आन्दोलन जारी राख्ने प्रतिक्रिया दिए ।  

लिङदेनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरू रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने चेतावनी दिए । आइतबार राप्रपाले निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शनको तयारी गरेको थियो । तर, उक्त प्रदर्शनमा शीर्ष नेताहरू गएनन् । भ्रष्टाचारीहरूका विरुद्धमा सिंहदरबारमा प्रदर्शन गर्दा आफूहरू पक्राउ परेको सांसद ज्ञानबहादुर शाहीले बताएका छन् ।  आइतबार सिंहदरबारभित्र सांकेतिक रूपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङदेनसहत नेता बुद्धिमान तामाङ, प्रवक्ता  शाही लगायत ७ जनालाई पक्राउ गरी ४ घण्टापछि रिहा गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो । 

गत १५ चैत्रमा पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा जारी राख्ने राप्रपाका नेताहरूले बताएका छन् । अध्यक्षसहित नेताहरूले सिंहदरबार परिसर भित्रै प्रदर्शन गरेपछि नियन्त्रणमा लिएको र साँझपख सबै नेतालाई छाडिएको प्रहरीले जनाएको छ । 

राजावादी शक्तिलाई एक बनाउने सन्देश दिनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ नेतासँग शुक्रबार ‘लन्च मिटिङ’ गरेपछि राजनीतिमा थप तरंग उत्पन्न भएको थियो । राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सौहार्दपूर्णरूपमा सम्पन्न भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । 

राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए । सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरा नजिक पुगेर कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise