२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

शिक्षकहरूलाई विद्यालय फर्कन प्रधानमन्त्रीले गरे आह्वान

draupadi film
मध्यान्ह
२०८२ वैशाख ८ गते १६:०२
शिक्षकहरूलाई विद्यालय फर्कन प्रधानमन्त्रीले गरे आह्वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन शिक्षकहरूलाई आह्वान गरेका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए। 

‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउन भनेर शिक्षकहरूले सकडमा आन्दोलनमा आउनु पर्दैन’, प्रधानमन्त्रीले भने, ‘भर्ना अभियान सुरु भइसकेको छ । कृपया जानुस्, विद्यालयमा गएर भर्ना गराउनुस् । एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुस् । एसइइमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस् । गुणस्तरीय शिक्षाका लागि लाग्नुस् ।’ 

प्रधानमन्त्री ओलीले शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा भएको र  शिक्षकहरूलाई कुनै लाभ पनि नभएको बताए । ‘त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्वहरू सल्बनाएका बेला तपाईँहरुले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन,’ उनले भने ।

यस्तै ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसंगतियुक्त प्रवृत्तिहरुविरुद्ध प्राध्यापकहरुले बौद्धिकरुपमा सक्रियता देखाउनुपर्ने बताए ।

मुलुकमा प्रकट भइरहेका प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसंगतियुक्त प्रवृत्तिहरुप्रति सजग हुँदै आफ्नो बौद्धिक क्षेत्रबाट विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ विचार निर्माणमा लागि पर्न आह्वान गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले मिसन २०८४ भनेको छौँ । त्यो मिसन भनेको अराजकतावादी, प्रतिगामी, असभ्यता र देशलाई अँध्यारो यात्रातर्फ फर्काउने प्रयासविरुद्धको मिसन हो ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise