२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : अध्यक्ष नेपाल

draupadi film
मध्यान्ह
२०८२ वैशाख ९ गते १०:४२
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन, विभेदको अन्त्य गरी आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कम्युनिष्ट पार्टीका नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण अहिलेको राजनीतिमा  विकृति र विसङ्गति देखिएको हो भने । कम्युनिष्ट पार्टीले मुलुकमा भएका निरङ्कुशताविरुद्धको सबै आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गरे । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट नेताहरू निष्ठावान् हुनुपर्ने जनाउँदै कम्युनिष्ट आदर्श तथा त्याग, तपस्या, बलिदानको भावनाले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्नुपर्छ भने ।

मुलुकमा छरिएका विभिन्न वामपन्थी शक्तिहरूलाई एकठाउँमा ल्याउन भइरहेका प्रयासको सराहना गर्दै अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समूहसँग सहकार्य गरी अग्रगमनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

ADV

सम्बन्धित खबर

Advertise