२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

देश अहिले ट्रयाकमा छ, समावशी संघीयतालाई बचाउनुपर्छः पूर्वराष्ट्रपति यादव

draupadi film
मध्यान्ह
२०८२ वैशाख १० गते ११:१५
देश अहिले ट्रयाकमा छ, समावशी संघीयतालाई बचाउनुपर्छः पूर्वराष्ट्रपति यादव

काठमाडौंः पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश अहिले ट्रयाकमा रहेको बताएका छन् । मंगलबार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले २००७, २०४६, ०६२–०६३ को बलिदानलाई स्मरण गरेर लोकतान्त्रिक गणतन्त्र र समावशी संघीयतालाई बचाएर लैजानुपर्ने बताए । उनले गणतन्त्रका १७ वर्षमा २५ हजार २ सय २८ विद्यार्थी लोकसेवामा पास भएको र ती मानिस मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्ग रहेको उल्लेख गरे । उनले सडक पिच भएको, बिजुली देशको ९५ प्रतिशत नागरिकको पहुँचमा पुगेको र सञ्चार क्षेत्र पनि अघि बढिसकेको बताए । उनले अहिलेको कमजोरी शिक्षा र स्वास्थ्यमा रहेको भन्दै सामुदायिक विद्यालय र सामुदायिक अस्पतालको स्तरोन्नति गर्न जरुरी रहेको बताए ।

पूर्वराष्ट्रपति यादवले भने, ‘देश अहिले ट्रयाकमा छ । र यो कन्जर्भेटिभ फोर्सेसहरु छ । यो जर्मनी, इटाली, फ्रान्स, हंगेरीमा सबै ठाउँमा शिर उठाइरहेको छ । संसर नै यसरी बदलिरहेको छ । तपाईंले जुन बलिदान गर्नुभएको छ, २००७, २०४६, ०६२–०६३ त्यो बलिदानलाई सम्झिनुस् र यो लोकतन्त्र, गणतन्त्र, संघीयतासहित समावेशी छ, यसलाई बचाएर लगौँ । देश अगाडि बढ्छ । गणतन्त्रका १७ वर्षमा २५ हजार २ सय २८ विद्यार्थी लोकसेवामा पास गरेको छ । त्यो मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्गले पास गरेको छ । यो उपलब्धि होइन । आज सारा रोड पिच भइसकेको छ । बिजुली ९५ प्रतिशतमा पुगेको छ । सञ्चार क्षेत्र अघि बढिसकेको छ । कमजोरी शिक्षा र स्वास्थ्यमा छ । शिक्षा र स्वास्थ्यमा सामुदायिक विद्यालय र सामुदायिक अस्पताल कसरी राम्रो हुन्छ, त्यसको बारेमा सोच्नुस् ।’

पूर्वराष्ट्रपति यादवले कृषि बचाउन चुरे क्षेत्रको संरक्षण आवश्यक रहेको बताए । उनले चुरे र तराईको जंगला मास्न दिन नहुने बताए । 

ADV

सम्बन्धित खबर

Advertise