२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन : माओवादी

shivam cement
२०८२ वैशाख १० गते १४:५४
Shares
सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन : माओवादी

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग पूरा गर्नभन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेको बताएको छ । 

बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नी सापकोटाले शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग माग समेत गरे । साथै आउँदो १२ गतेदेखि संसद अधिवेशन नहुने पनि माओवादीको दाबी छ । 

उनले भने, ‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नु भन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्टट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’

त्यस्तै, वर्तमान सरकार प्राविधिक रुपमा अस्तित्वमा रहेपनि राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको पनि माओवादीको भनाइ छ । 

‘वर्तमान सरकार प्राविधिक रुपमा त अस्तित्वमा छ राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन,’ उनले भने । 

वर्तमान दुई दलीय गठबन्धन सरकारले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार बिरोधी अभियानलाई उल्ट्याएको मात्र नभई सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको माओवादीको आरोप छ । 

उनले भने, ‘वर्तमान दुईदलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार बिरोधी अभियानलाई उल्ट्याएको मात्र छैन, सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको छ । आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरुप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको श्रृङ्गला नै खडा गरेको छ । यो सरकारले आजसम्म जे जस्तो निर्णय गरेको छ ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्रय हित विपरीत छन् ।’

यसैगरी, भारतको जम्मू–कश्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति माओवादीले घोर भर्त्सना पनि गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर