२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठमा हुने

draupadi film
मध्यान्ह
२०८२ वैशाख १० गते १५:३८
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठमा हुने

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन १७ जेठदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । 

वाईसीएलले बुधबार पत्रकार सम्मेलन गरी तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी गराएको हो । राष्ट्रिय सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने छन् ।

त्यसैगरी, प्रदेश सम्मेलनहरू ५ जेठसम्म हुने छ । जसअन्तर्गत बागमतीको वैशाख १७ र १८ गते काठमाडौंमा, विशेष प्रदेशको वैशाख १९ गते काठमाडौंमा, गण्डकीको वैशाख २० र २१ गते पोखरामा, सुदुरपश्चिमको बैशाख २३ र २४ गते धनगढीमा, कोशी प्रदेशको वैशाख २६ र २७ गते, कर्णालीको २९ र ३० गते सुर्खेतमा, लुम्बिनीको जेठ १ र २ गते दाङमा र मधेशको जेठ ४ र ५ गते हुनेछ ।

अध्यक्ष सुवोधराज सेर्पालीका अनुसार १७ वैशाखदेखि प्रदेश सम्मेलन सुरु हुने र ५ जेठसम्म सबै प्रदेशका सम्मेलनहरू सम्पन्न गरिनेछ । 

अध्यक्ष सेर्पालीले तेस्रो राष्ट्रिय सम्मेलनबाट जुझारु टिम बन्ने बताए । उनले माओवादी केन्द्र र वाईसीएल नेपालले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए । उनले जनतालाई गणतन्त्रबाहेक अर्को कुनै तन्त्रको चाहना नरहेको बताए ।

त्यसैगरी, वाईसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले आजको वाईसीएल २०६२÷०६३ को भूमिकामा मात्रै सीमित नभएर त्यो भन्दा पनि स्मार्ट भइसकेको बताए । 

ADV

सम्बन्धित खबर

Advertise