२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

कश्मीर घटना : मोदीलाई फोन गरेर ओलीले गरे दुःख व्यक्त

draupadi film
मध्यान्ह
२०८२ वैशाख १० गते १५:४३
कश्मीर घटना : मोदीलाई फोन गरेर ओलीले गरे दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।

भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् ।
ओलीले पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरे ।

प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको लडाइँमा भारतलाई साथ रहेको प्रष्ट पारेका छन् ।

‘दुई देशका प्रधानमन्त्रीबीच कश्मीरमा भएको आतंकवाद हमलाको विषयमा कुराकानी भयो,’ ओलीको सचिवालयले भनको छ, ‘प्रधानमन्त्री ओलीले घटनाबारे समवेदना व्यक्त गर्दै आकंवादीविरुद्ध हामी एकै ठाउँमा छौँ । जुनसुकै रूप भए पनि आतंकवाद भनेको साझा शत्रु हो । हामी सँगै छौँ भन्नु भयो ।’

उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् ।

‘मैले उहाँ (मोदी) सँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरें,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहो¥याएँ ।’

ADV

सम्बन्धित खबर

Advertise