२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

एमालेले भोलि ‘युथ सेलिब्रेशन’ गर्ने

draupadi film
मध्यान्ह
२०८२ वैशाख १० गते १६:०६
एमालेले भोलि ‘युथ सेलिब्रेशन’ गर्ने

काठमाडौं : नेकपा (एमाले)ले युवालाई ‘जनताले जितेको दिन’ को स्मरण गराउन लोकतन्त्र दिवसका दिन बिहीबार ‘युथ सेलिब्रेशन’ को आयोजना गर्ने भएको छ ।

युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनको रूपमा ११ बैशाख भृकुटीमण्डमा ‘युथ सेलिब्रेशन’ समारोह आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

महासचिव पोखरेलले नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापीरूपमा युवाको सहभागिता गराइने बताए । उनले भने, ‘यो दिन युवाको दिन हो । युवाले ४० वर्षमाथिलाई छोप्ने छन् ।’

युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् । कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुतिसमेत दिनेछन् । जनआन्दोलन २०६२÷६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनस्र्थापना भएको सम्झनामा हरेक वर्ष ११ वैशाखमा लोकतन्त्र दिवस मनाइन्छ । कार्यक्रममा देशभरका युवा सहभागी हुनेछन् ।

युथ सेलिब्रेशन सहभागीका लागि टुँडिखेल, रंगशाला र बगीखाना नजिकै सवारी पार्किङ गर्ने व्यवस्था मिलाइएको छ  । एमालेले भृकुटीमण्डप क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न पत्राचारसमेत गरेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise