काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् । उनको शपथ ग्रहण कार्यक्रम भने भोलि बिहीबार हुने बताइएको छ ।
शिक्षक आन्दोलन चर्किँदै गएपछि गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।