२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

राजावादीहरूको अराजक व्यवहारविरुद्ध खबरदारी गरौं : प्रधानमन्त्री ओली

Nada
२०८२ वैशाख १८ गते १७:२५
Shares
राजावादीहरूको अराजक व्यवहारविरुद्ध खबरदारी गरौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिएको निरंकुश राजतन्त्रलाई पुनस्र्थापना गर्ने सपना देख्ने राजावादी शक्तिहरूको अराजक र असहिष्णु व्यवहारविरुद्ध खबरदारी गर्न आह्वान गरेका छन् ।

ncell

१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बिहीबार राजधानीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सत्तामा पुगे राजावादीहरूले दानवीयता प्रदर्शन गर्ने भन्दै यस्ता शक्तिहरूलाई जवाफ दिन सबैलाई एकजुट हुनुपर्ने बताए ।

‘फालिएको राजतन्त्रका पक्षधरहरूको अराजकता १५ चैतमा तीनकुनेको हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखियो । सत्तामा नहुँदा यति उग्र छन् भने सत्तामा पुगे यी दानवहरूले के गर्लान् ? शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडीले किच्ने प्रयास गर्छन् । यस्ता शक्तिहरूले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन्,’ नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने ।

उनले राजावादीहरूले आफूलाई मन नपर्ने कलाकारको गीत वा फिल्म बहिष्कार गर्ने असहिष्णु प्रवृत्तिको पनि आलोचना गरे ।

प्रधानमन्त्री ओलीले विगतमा राजाहरूले गरेका अपराधमा अहिलेसम्म छानबिन नगरेर सरकारले उल्टै उपकार गरेको बताउँदै राजावादीहरूको चुनौती स्वीकार गर्ने र लोकतन्त्रको रक्षा गर्न कटिबद्ध रहेको बताए ।

ओलीले लोकतन्त्रको रक्षा गर्नु आजको प्रमुख दायित्व भएको उल्लेख गर्दै राजावादी शक्तिहरूलाई जवाफ दिन तयार रहेको बताए । ‘हामी उनीहरूको चुनौती स्वीकार गर्छौं र जवाफ दिन्छौं । लोकतन्त्रलाई कसैले कमजोर बनाउन सक्दैन,’ उनले भने ।्
उनले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिएको मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्य प्राप्तिका लागि गतिशील हुन आग्रह गरे ।

‘श्रमजीवी वर्गले विगतमा जस्तै सचेत भएर राजतन्त्रवादी अराजकताविरुद्ध उभिनुपर्छ,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले मजदुरहरूको बलिदान र रगतले रङ्गिएको रातो झण्डालाई कहिल्यै नछोड्ने उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन । शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लड्दा मजदुरहरूले गोली खाएर ढल्दा सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डाहरू राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रंग छ । हामी यो संघर्षको गाथा झल्काउने झण्डा कहिल्यै छोड्दैनौं,” ओलीले भने ।
 

ताजा खबर

सम्बन्धित खबर