२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

‘सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन निर्माणमा ढिलाइ’

मध्यान्ह
२०८२ वैशाख १८ गते १७:३५
‘सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन निर्माणमा ढिलाइ’

काठमाडौंः राष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको बताएकी छन् ।

नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उनको भनाइ छ ।

उनले सरकारको स्थायीत्वको अभावले नीतिगत काममा समे समेत समस्या परेको कारण दुई मुख्य प्रतिष्पर्धी दलहरु मिलेर सरकार चलाउनुपरेको दाबी गरिन् । उनले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण चाहेअनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको टिप्पणी गरिन् । उनले गैरआवासीय नागरिकताको अधिकारका विषय कानुनको मस्यौदा तयार भइरहेको र छिट्टै संसदमा पेश गरिने बताए ।

उनले भनिन्, ‘एनआरएन नागरिकता दिन ढिलो भएकै हो । अहिले स्थायी सरार आयो कि भनेर अलिकति गति पक्रेको चाहीँ छ । संविधान निर्माणपछि बीचका सरकारले गैरआवासीय नागरिकताको विषयमा ध्यान पुर्‍याउन नसकेको हो । सरकार एकदमै अस्थायी र अस्थिर हुने, एउटा सरकारले गति लिन थाल्यो कि अर्को सरकार बन्ने यो कारणले पनि अहिले दुईवटा ठूलो र प्रतिष्पर्धी दलहरु नै मिलेर सरकार बनाउनुपरेको कारण पनि यही हो । किनभने हामीले आर्थिक, सामाजिक रुपान्तरण जुन हामीले खोजेका थियौं । त्यो हुन सकेन कि भन्ने हामी सबैलाई लागेर चुनावमा हेरौंला अहिले मिलेरै चलाउँ भनेर चलाएका छौं । यो गैरआवासीय नागरिकतासम्बन्धमा गैरआवासीय नागरिकहरुको सुझावकै आधारमा ड्राफ्ट प्रोसेस चलिरहेको छ ।’

उनले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायीत्व अपरिहार्य रहेको बताए ।

ADV

सम्बन्धित खबर