२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

भाजपा नेता चौथाइवालेको राजनीतिक भेटघाट जारी

मध्यान्ह
२०८२ वैशाख १८ गते १७:४०
भाजपा नेता चौथाइवालेको राजनीतिक भेटघाट जारी

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले उच्चस्तरीय राजनीतिक भेटवार्ता जारी राखेका छन् ।

भारतीय नेताले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न दलका नेताहरू भेटघाट गरेका छन् । चौथाईवालेले बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेका हुने । उनलाई भेट्न चौगाइबाले दाहाल निवास खमुलटार पुगेका थिए ।

यस्तै चौथाईवालेले नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन् । अध्यक्ष नेपाललाई भेट्न चौथाईवाले नेपाल निवास कोटेश्वर पुगेका थिए ।

उनले नेपाली कांग्रेसका नेताहरू डा. शेखर कोइराला, महामन्त्री गगन कुमार थापा, प्रवक्ता डा. प्रकाशशरण महत, नेता उदयशमशेर जबरासँग पनि भेट गरेका छन् । यस्तै, चौथाईवालेले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग पनि भेट गरेका हुन् ।

शेखर र गगन थापासँग भाजपाका विदेश विभाग प्रमुखको छुट्टाछुट्टै भेटवार्ता भेटवार्ता गरेका हुन् ।

नेपाल भ्रमणमा आएकै दिन बुधबार उनले गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
 

ADV

सम्बन्धित खबर