२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छः उपप्रधानमन्त्री सिंह

Nada
२०८२ वैशाख २० गते ११:३२
Shares
वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौंः उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन् ।

ncell

शनिबार ललितपुरमा स्यस्यः समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए ।

उनले भएका कमी, कमजोरीलाई सुधार गरेर संविधानको मर्म र भावनाअनुरुप हरेकको जीवन र जीविकोपार्जन सहज बनाउने गरी अघि बढिरहेको बताए । उनले नागरिकको जनजीवन सहज बनाउनका लागि राजनीतिक स्थिरताको आवश्यक भएकाले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहितका केही अन्य राजनीतिक दलको सरकार बनेको बताए । सबै एकैचोटी विकास गर्न जादुको छडी कोहीसँग नरहेको भन्दै प्रतिकुल अवस्थाबाट अनुकुलतातर्फ लैजान सरकारले काम गरिरहेको उल्लेख गरे । अर्थतन्त्रमा आएको अफ्ठ्यारोपनलाई हटाउनका लागि सरकारले लहलहैमा र पपुलिस्टका कार्यक्रमहरु दिएर नभइ देशलाई सम्हाल्ने, व्यवस्थालाई टिकाइराख्ने किसिमले अघि बढेको बताए । सरकारले शुक्रबार जारी गरेको नीति तथा कार्यक्रमबाट पनि देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिस्थितिलाई सम्हाल्ने गरी आएको देखिने स्पष्ट पारे ।

उपप्रधानमन्त्री सिंहले भने, ‘अहिलेको सरकार बनेको छ । यो सरकार के हो भने अहिल बहुदलीय व्यवस्था आएदेखि र त्यसमा पनि विशेष गरी २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान, संविधान सभाबाट जारी भइसकेपछि त्यसलाई कार्यान्वयन गर्नमा यसमा थोर बहुत कमी, कमजोरी भएको होला, त्यसलाई अब सुधार्नको लागि मिलाएर संविधान सभाबाट जारी भएको संविधानको भावना र मर्मअनुरुप हामी सबैले हरेकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने चाहना छ ।’

उपप्रधानमन्त्री सिंहले धेरै संघर्ष गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको भावना र मर्मअनुरुप अभ्यास गर्न पाएकै कारण अहिलेको अधिकार प्राप्त भएको उल्लेख गरे । अधिकार मात्रै माग्ने भन्दा आफ्नो जिम्मेवारी पनि सँगै निभाउन सक्नुपर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर