२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सहमहामन्त्री यादवद्वारा सर्लाही कांग्रेसका सभापति सिंहको प्रशंसा 

Nada
२०८२ वैशाख २० गते १२:१७
Shares
सहमहामन्त्री यादवद्वारा सर्लाही कांग्रेसका सभापति सिंहको प्रशंसा 

सर्लाहीः नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सर्लाही जिल्लाका सभापति सुरेन्द्र प्रसाद सिंहको प्रशंसा गरेका छन् ।

ncell

मधेश प्रदेशका ८ जिल्ला मध्ये सर्लाही नेपाली कांग्रेस पार्टीको सबैभन्दा बलियो जनआधार जिल्ला भएको दाबी गर्दै खुलेर जनताका काम गर्न सिंह अगाडि रहेको भन्दै सहमहामन्त्री यादवले सभापति सिंहको प्रसंशा गरेका हुन् ।

मलंगवामा आयोजना गरिएको एक कार्यक्रममा शुभकामना आदान प्रदान, भेटघाट तथा विभागीय प्रमुखहरू र सदस्यहरूको पदस्थापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै यादवले पाटीका नेता कार्यकर्ताहरुलाई जनता माझ अझ सक्रिय हुन आग्रह गरे । ‘जनताको दु:खमा साथ दिने भनेकै कांग्रेसले हो’ सह महामन्त्री यादवले भने, ‘सर्लाहीका कांग्रेसजनले यो कुरालाई स्थापित गर्दै लगेका छन् । यसका लागि अझ सक्रिय हुन आवश्यक छ ।’

सो कार्यक्रममा मधेस प्रदेशका उपसभापति, पूर्व मन्त्री तथा प्रदेश सांसद  विरेन्द्र प्रसाद सिंह, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह, पूर्व जिल्ला सभापति नागेन्द्र राय लगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहेको पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव तथा नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले बताए।

ताजा खबर

सम्बन्धित खबर