२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कांग्रेस मधेश प्रदेश विभागीय प्रमुख तथा सचिवहरुलाई अभिमुखीकरण

Nada
२०८२ वैशाख २० गते २१:२१
Shares
कांग्रेस मधेश प्रदेश विभागीय प्रमुख तथा सचिवहरुलाई अभिमुखीकरण

जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेशको पदाधिकारी तथा विभागीय प्रमुखहरुको एक दिने अभिमुखीकरण कार्यक्रम शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।

ncell

मधेश प्रदेश विभागीय प्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवले प्रदेशको ८ वटै जिल्लाको सबै स्थानीय तहमा रहेका संगठनलाई चलायमान बनाइ पार्टीको संगठनात्मक कार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

पार्टीमा लागेका सम्पूर्ण नेता र कार्यकर्ताहरु पूर्ण इमानदारीका साथ काम गर्न निर्देशन दिँदै प्रदेश सभापति यादवले मधेशमा नेपाली कांग्रेसलाई बलियो बनाउनुका साथै पहिलो पार्टीको रुपमा स्थापित गराउनुपर्ने तपाई हाम्रो दायित्य रहेको बताए ।

कार्यक्रममा महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले विभागीय प्रमुखलाई विधानसभाले प्रशिक्षण दिँदै प्रदेशका पदाधिकारी तथा विभागीय प्रमुखहरूलाई पार्टीका नीति तथा विधि विधानको विषय जिम्मेवारीको बारेमा जानकारी गराए ।

नेपाली कांग्रेसको उपसभापति वीरेन्द्र प्रसाद सिंहले विभागीय प्रमुखहरूलाई  नेपाली कांग्रेसका विधानलाई अध्ययन गरेर सबैको जिम्मेवारी तथा काम कर्तव्यको विषयमा जानकारी दिए ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्य समिति विभागीय प्रमुख एवम सचिवहरूका लागि १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएका थिए । सो कार्यक्रममा कोशी प्रदेश सभापति उद्धब थापाले कांग्रेसलाई बलियो बनाउन यहाँहरुको महत्वपूर्ण भूमिका हुने बताए । नेपाली कांग्रेस मधेश प्रदेशको उपसभापति चन्द्रशेखर कुमार यादवले जिल्लाको भावी योजना रणनीतिको बारेमा बताए । 

जनकपुरधामस्थित प्रदेश कार्यालय सभा हलमा कार्यक्रम सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिका सदस्यहरु, विभिन्न विभागीय प्रमुख तथा सचिवहरु, पार्टीबाट आमन्त्रित सदस्यहरु लगायतका विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको प्रचार–प्रसार प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । 
 

ताजा खबर

सम्बन्धित खबर