नेपाल बहुभाषा, बहुसँस्कृति मौलिक परम्पराले भरिएको मुलुकमा मानिसहरुका आ–आफ्नो साँस्कृतिक पहिचान छ । नजिकबाट अध्ययन गर्दा पहिले देखिनै मानिसहरु हिउँदे सिजन जुन जाडोयाम जाँदै गर्दा आफू आफूमा भेटघाट सुख–दुःख, पीडा बाँड्ने आफुमा भाईचाराको व्यवहार गर्ने जस्ता कृयाकलापलाई एक रमणीय स्थान मठ मन्दिर र सबैलाई पाएक पर्ने स्थानलाई कुनै मिति प्रचलित थियो ।
मानिसहरु वर्ष भरीबाट त्यहाँ जाने आफन्त इष्टमित्रलाई भेटघाट गर्ने, र भलाकुसारी गर्ने चौतारीका रुपमा लिने गरिन्थ्यो, जुनबेला अहिलेको जस्तो आधुनिकता नेट ईन्टरने, मोबाईल जस्ता प्रविधि थिएन र साच्चै भन्नुपर्दा यस्तै भेलालाई नै मानिसहरुले खबर समाचार र व्यवहारिक नाता, सम्बन्ध जोडन् र सन्चो बिसन्चो आदान प्रदान गर्ने अवसरको रुपमा पनि मानिन्थ्यो ।
मानिसहरुले आफैं बनाएका विभिन्न परिकार, सिप मुलक सामाग्री कृषिजन्य वस्तुहरु प्रदर्शन गर्ने व्यापार, व्यवासयहरु गर्ने र खानि, खुवाउने गरिन्थ्यो जसलाई मानिसहरुले त्यस्ता भेलालाई एक व्यपारिक केन्द्रको रुपमा पनि लिने गरेको पाइन्थ्यो । भौगोलिक दृष्टिकोणले अत्यन्त कठिनाई स्थितिलाई मध्येनजर गरि नेपालमा पहिलेबाट नै देशै भरी यस्ता किसिमका मजघट र भेला गरि मनाउने गरिन्थ्यो । अहिले पनि हाटबजार, महोत्सवको प्रचलन जिवितै छ । विस्तारै, विस्तारै समाजको विकासको परिवर्तनसंगै यस्ता भेलाहरु परिस्कृत हुँदै गए । धैरे भन्दा धैरे मानिसहरुका जमघट गराउने आन्तरिक तथा वाह्य मानिसहरुलाई आकर्षण गरी त्यहाँको पहिचानलाई देश तथा विदेशसम्म पुर्याउने हेतुले अझै मनोरञ्जनात्मक गराउन मानिसहरुलाई आकर्षित गर्नको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुलाई समेत त्यस्तो अबसरमा उभ्याउने गरेको पाइन्छ । यस्ता कार्यक्रमले कलाकार र स्थानीय दुबैपक्षलाई पाईदा पुग्ने गर्छ ।
प्रायः दशै, तिहार पछि जाडोयामसँगै शुरु हुने यस्ता कार्यक्रम यो वर्ष ‘कोभिड १९’ले गर्दा लगभग ठप्प नै भए । नायक शीतल केसीले यति सिनेमामा काम गर्यो, यो त्योको बेलिबिस्तार लगाइरहनु पर्दैन नेपाली सिनेमाका दर्शकलाई उनको नाम नै काफि होला भन्ने लागेर सिधै मुलबिषय मा प्रवेश गरे । चलचित्रमामात्र नभएर स्टेज कार्यक्रममा समेत जीवन्त अभिनयका कारण ख्याति कमाएका सदाबहार एक्सन नायक शीतल केसीले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग हाटबजार, महोत्सवको समय सान्दर्भिक विषयमा केन्द्रित रहेर गरेको कुराकानीः
यो वर्ष मेला, महोत्सवमा कत्तिको हिँडियो त ?
कता हिंड्नु नि । पहिले, पहिले यस्ता मेला, महोत्सव आफ्नो समुदायमा र सिमित समय र सिमित भूगोलमा मनाउने गरिन्थ्यो जसले आ–आफ्नो पहिचान, साँस्कृतिक पहिचान मान्ने गरिएको पाइन्थ्यो । अहिले विस्तारै विस्तारै यस्ता कृयाकलापहरु मेला महोत्सवहरु आधुनिकतिर बढ्दै गए । जुन मानिसहरुलाई आफ्नो संस्कृति पहिचानको प्रवद्र्धनका लागि ठूलो थलो बन्न थाल्यो, जहाँ आफ्नो संस्कृति, सीप, कृषि उत्पादनको पहिचान र भूगोल सुहाउदो पर्यटनको आन्तरिक, वाह्य प्रवद्र्धन गरिको पाइन्छ । जसबाट मानिसहरुको आ–आफ्नो कला संस्कृति, सीप, प्रवद्र्धन गर्ने र भूगोलका सहि पहिचान गरी आन्तरिक तथा वाह्य पर्यटकको संभावना दर्शाइन्छ र राज्यले पनि यस्ता भेला महोत्सवबाट व्यापार, व्यवसायबाट भरपूर लाभ उठाउने गथ्र्यो । राज्यस्तरबाट पनि ठूला, ठूला लागानि गरी भेला महसत्व गर्ने गरेको थियो । तर, यस वर्षको यस्ता मेला महोत्सव ‘कोभिड १९’को कारण आयोजना हुन सकिरहेको छैन् भने राज्यले पनि ठूलो क्षति व्यहोर्नु परेको छ ।
कोरोनाको कहरबाट गुज्रिएको अवस्थामा फेरि पहिलेको स्थिति जस्तै भेला, महोत्सव हुन्छ त ?
कोरोनाको जटिल स्थितिबाट भेला, महोत्सव हुनेमा शंका लाग्छ किन कि अझै पनि मानिसहरु संक्रमित भइरहेका छन् । यतिका समय कोरोनाको कारण थलो परेको अवस्था छ । अझै पनि मानिस त्रसित छन् । सहज परिस्थिति आउनै सकिरहेको छैन । त्यसैले राज्य स्तरबाटै यस सिजनका सबै मेला, भेला महोत्सवलाई सकेसम्म सामाजिक दुरी कायम गरी सुरक्षित ढङ्गबाट संचालन गर्ने वातावरण बनाउनु पर्छ ।
यस्तो विसम परिस्थितिको कारण सुचारु हुन नसकेको भेला महोत्सवको जिम्मा कसले लिनु पर्छ जस्तो लाग्छ ?
यस्तो परिस्थिति सिर्जना हुनुमा हाम्रो मुलुकको कारण नभई संसार नै ‘कोभिड १९’ बाट थिला थिला परिरहको छ । जसबाट हाम्रो मुलुक पनि अछुतो हुन सकिरहैको छैन । यस्तो जोखिम परिस्थितिमा मन्छेहरुले आफ्नो दैनिकी सुचारु गर्न निकै हम्मेहम्मे परेको समयमा मनोरञ्जनात्मक कार्यक्रम प्रति चासो देखाउने त कुरै भएन । जिनतिन मानिसहरु आफुलाई सुरक्षित राख्दैे दैनिकी बढो कष्ट गरी गुजारी रहेको स्थितिलाई केही मलम लगाउने अवधारणा राज्यबाटै गरिनु पर्छ । तपाईं देख्नु हुन्छ कृषकहरुको उत्पादक वस्तुहरु कला, संस्कृतिका पहिचानका वस्तुहरु जिर्ण भएको स्थिति छ । कृषकहरुले आफ्नो उत्पादकजन्य वस्तुको बजार व्यवस्तापन हुन नसक्दा सिप मुलक सामाग्रीे निर्यात नहुँदा धेरै घाटा व्यहोर्नु परेको छ । त्यसैले यस्ता किसिमका जटिल कुराहरुलाई राज्यस्तरका निकायबाट सम्बोधन हुन जसरी छ । जसबाट थोरे मात्रामा भएपनि यस्ता उत्पादकहरु सीपमुलक राष्ट्रिय पहिचान र आत्मनिर्भरका कुराहरुलाई राहत मिल्न सकोस् ।
यी यस्ता भेला महोत्सवलाई राष्ट्रस्तरका निकायहरुले कसरि लिने गरेको पाउनु भएको छ ?
यो एक टोल, छिमेक आफ्नो समुदायमा केन्द्रित जहाँ राष्ट्रकै पहिचान लुकेका थिए । एक पछि अर्को गर्दे जब समुदायमा फैलदै गर्दा मानिसहरुले एक संस्कार, संस्कृति भित्र पनि मनोरञ्जनलाई लिन थाले । विस्तारै यस्ता कृयाकलाप आधुनिकता तिर मोडिन थालो । मेला, महोत्सव र हाटबजारमा कला, संस्कृति, सीप, प्रवद्र्धन प्रति मानिसहरुलाई धेरै भन्दा धेरै आकर्षित ग¥यो । अहिले पनि हाट बजारको चलन छँदैछ । जहाँ हप्ता, महिनामा लाग्ने गर्छ र आफ्नो स्थानीय स्तरमा उत्पादन र उपलब्ध हुने बस्तुलाई हाटबजारमा बिक्रिबितरणको उचित स्थान मानिन्छ । यसैको फलस्वरुप राज्यले पनि आत्मनिर्भर कसरी हुन÷बन्न सकिन्छ र आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने कुराको पहिचान गर्न सहज हुने गर्छ यस्ता महोत्सवहरुले ।
तपाईं पनि ठूला, ठूला महोत्सवहरुमा निकै नै रुचाइएको कलाकारमा पर्नु हुन्छ । कलाकारहरुलाई बोलाउनुको कारण ?
प्रायः त यस्ता किसिमका आयोजनाको उद्देश्य भनेको आफ्नो क्षेत्रको कला, संस्कृति, मौलिक पहिचान भेषभुषा, कृषि उत्पादनहरुलाई आमरुपमा प्रदर्शन गर्नु नै हो । त्यो माहोल बनाउनको लागि राष्ट्रियस्तरका कलाकारहरुलाई प्रस्तुत गर्ने गरिन्छ । कलाकार आउने भएपछि मानिसको उपस्थिति बढी नै हुन्छ । जसले गर्दा धेरै भन्दा धेरै मानिसले त्यस ठाउको बारेमा बुझ्ने मौका पाउँछन् । त्यसैले यस्ता किसिमका आयोजनले व्यापार, व्यवसायलाई पनि टेवा पुग्ने गर्छ अर्को कुरा आफूले रुचाइएका कलाकारलाई नजिकबाट नियाल्न पाइने भएकोले पनि मलाई यस्ता किसिमका भेला, महोत्सवहरुमा बोलाउने गरिन्छ । दर्शकहरुको माग र आयोजकहरुको निमन्त्रणालाई आफ्नो अत्यन्त व्यस्त समयलाई सकेसम्म मिलाएर जाने गरेको छु । जसबाट कलाकारले आर्थिक रुपमा पनि राम्रो आमदानी गर्छन् र नजिकबाट दर्शकको प्रतिक्रिया सुन्न पाउँदा खुशी महसुस हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies