२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा

Nada
२०८२ फागुन ३० गते १८:०९
Shares
पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा

काठमाडौँ : पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ ।

साहित्यकार पारिजातको ९२औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजना गरिएको ‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा गरिएको केन्द्रका महासचिव दिल सुन्दर श्रेष्ठले जानकारी दिए ।

आगामी वैशाख ५ गते पारिजातको स्मृति दिवसमा सम्मान प्रदान गरिने उनले बताए । सम्मानित हुनेमा ‘पारिजात बालसाहित्य सम्मान २०८२’ बाट बालसाहित्यकार रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान २०८२’ बाट गीतकार तथा संगीतकार शरद पौडेल, ‘पारिजात सृजन सम्मान २०८२’ बाट नवीन विभास तथा ‘पारिजात संघर्षशील महिला सम्मान २०८२’ बाट देवी खड्का रहेकी छन् ।

विसं १९९० फागुन ३० गते पारिजातको जन्म भएको दिनलाई प्रत्येक वर्ष केन्द्रले ‘पारिजात जन्मजयन्ती’का रूपमा मनाउँदै आएको छ ।

यसैगरी, केन्द्रले पारिजात परिसंवाद कार्यक्रम गर्दै आएको र यस वर्ष ‘प्रा.डा. वासुदेव त्रिपाठीसँग डा. महेश मास्के पारिजात परिसंवाद’ कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा विभिन्न साहित्यकार, विद्यार्थी, सर्जकलगायत उपस्थित थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर