२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ठूलो परिमाणमा ब्राउनसुगर बरामद

Nada
२०८२ वैशाख २२ गते १३:३५
Shares
ठूलो परिमाणमा ब्राउनसुगर बरामद

बनियानीः झापाको कनकाई नगरपालिकाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ‘ब्राउनसुगर’ बरामद गरेको छ ।

ncell

कनकाई–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा शरणामतीबाट सुरुङ्गातर्फ आउँदै गरेको बिआर ३७ टी ९१९८ भारतीय नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट अन्दाजी २०० ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

आज बिहान अन्दाजी ८ः४० बजे प्रहरी टोलीले रोक्न खोज्दा मोटरसाइकल चालकले मोटरसाइकल र झोला छाडेर फरार भएका थिए । प्रहरी टोलीलाई देख्नासाथ फरार भएका मोटरसाइकल चालकलाई रोक्नका लागि दुई राउण्ड हवाई फायर गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।

ताजा खबर

सम्बन्धित खबर