२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्छ : धनराज गुरुङ

मध्यान्ह
२०८२ वैशाख २३ गते १३:०३
संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्छ : धनराज गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो बताएका हुन् । उनले १० वर्षदेखि संविधान प्रयोगमा रहेको उल्लेख गर्दै उहाँले अब पुनरावलोकन नभई संशोधनतर्फ लाग्नुपर्ने बताए ।

उनले संविधान संशोधन प्रक्रियामा सहमतिको बाटो अपनाउनुपर्ने र त्यसका लागि सर्वदलीय समिति गठन गर्नु उपयुक्त हुने बताए । उपसभापति गुरुङले निर्वाचन प्रणालीमा समेत सुधारको माग गर्दै वर्तमान समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची हटाउने प्रस्ताव गरे । उनले समानुपातिक तर्फका ११० जना सांसदको बन्दसूची हटाउनुपर्ने बताए ।

उनले अहिलेसम्म भएका भ्रष्टाचारको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन उच्चस्तरीय छानबिन आयोग बनाउन समेत प्रस्ताव गरे ।

ADV

सम्बन्धित खबर