२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

सिटिजन्स बैंकका ग्राहकलाई क्लब टेनएक्समा छुट

मध्यान्ह
२०८२ जेठ ५ गते २१:५५
सिटिजन्स बैंकका ग्राहकलाई क्लब टेनएक्समा छुट

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले ठमेल, काठमाडौं स्थित क्लब टेनएक्सको सेवामा विशेष छुट पाउने भएका छन् । बैंक र क्लबबीच भएको समझदारीअनुसार बैंकका ग्राहकले क्लबको सेवामा छुट पाउने भएका हुन् ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले क्लब टेनएक्समा २० प्रतिशत आकर्षक छुट पाउने भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

ADV

सम्बन्धित खबर