२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

हुम्ला साक्षर जिल्ला घोषणा

shivam cement
२०८२ जेठ ९ गते १६:२१
Shares
हुम्ला साक्षर जिल्ला घोषणा

हुम्ला : हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपलब्धि’ नाराका साथ हुम्लालाई नेपालको ६७ औँ र कर्णाली प्रदेशको ८ औँ साक्षर जिल्ला घोषणा गरिएको हो ।  

१५ देखि ६० उमेरका नागरिकको साक्षरता ९७. ०४ प्रतिशत मापदण्ड पूरा भएपछि २०७६ को राष्ट्रिय मापदण्डअनुसार हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका प्रमुख योगेश आलेमगले जानकारी दिए । जिल्लाका ७ वटै गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएसँगै हुम्ला पनि साक्षर जिल्ला घोषणा भएको उनले बताए ।  

१५ वर्षमाथिका ३५ हजार ३५४ मध्ये ३३ हजार ९५४ जनसङ्ख्या साक्षर भएको आलेमगरको भनाइ छ । उनका अनुसार जिल्लामा १४ सय नागरिक निरक्षर रहेका छन् ।   योसँगै अब कर्णालीका कालिकोट र डोल्पा साक्षर जिल्ला घोषणा हुन बाँकी छन् ।
 

सम्बन्धित खबर