रुकुमपूर्व : रुकुमपूर्व र डोल्पाका नागरिकबीच सीमा विवाद चर्किएपछि यार्सागुम्बा संकलनको क्रममा झडप भएको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूली भेरी नगरपालिकाका स्थानीयहरूबीच थाङे लेक क्षेत्रमा विवाद चुलिँदा झडप भएको हो ।
झडप नियन्त्रणका लागि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट खटिएको टोलीले स्थिति नियन्त्रण बाहिर जान नदिन दुई राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनिस थापाले जानकारी दिए ।
यार्सागुम्बा संकलनको सिजन सुरू भएसँगै सीमावर्ती क्षेत्रमा दोहोरिÞने विवादले गर्दा झडप भएको प्रहरी थापाले बताए ।
स्थानीय सरकार र सम्बन्धित निकायको बेवास्ताका कारण सीमाङ्कन नटुंगिएको र यार्सा जस्तो बहुमूल्य वन उत्पादको स्वामित्वको विषयलाई लिएर दुवै जिल्लाका बासिन्दाबीच झडप दोहोरिएको यार्सा संकलन गर्न गएका रुकुमपूर्वका एक स्थानीयले बताए ।