२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

मध्यान्ह
२०८२ जेठ ११ गते १८:१९
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

भक्तपुर : सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित बृहस्पति मार्गमा डेरा गरी बस्ने ५० वर्षीया रोशनी शाही आफ्नै कोठामा मृत फेला परेकी छन् ।

शाही आइतबार दिउँसो करिब १:५० बजे कोठाभित्रै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

उनको कोठा भित्रबाटै चुकुल लागेको अवस्थामा थियो । शव नजिकै सुसाइड नोटसमेत फेला परेको प्रहरीले पुष्टि गरेको छ । प्रारम्भिक निरीक्षणमा शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ ।

शाही पहिल्यै चर्चामा आएकी पात्र हुन् । उनी पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोपकी उजुरीकर्ता थिइन् । उक्त मुद्दामा महरा पछि सफाइ पाएका थिए ।

मृतक शाहीको स्थायी घर जाजरकोटमा हो । उनका छोराछोरी विदेशमा रहेको र श्रीमान् उपत्यका बाहिर कामको सिलसिलामा रहेको प्रहरीले जनाएको छ ।

हाल घटनाको थप अनुसन्धान भइरहेको छ ।

ADV

सम्बन्धित खबर