२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

हिमा भयो बालविवाहमुक्त पालिका

मध्यान्ह
२०८२ जेठ १२ गते १८:४५
हिमा भयो बालविवाहमुक्त पालिका

जुम्ला : जुम्लाको हिमा गाउँपालिकाका स्थानीयले बालविवाह नगर्ने र गर्न नदिने संकल्प गरेका छन् । गाउँपालिकाले कानुनी रूपमा अपराध ठानिएको बालविवाह जरैदेखि उखेल्नुपर्नेमा प्रतिबद्धता जनाएका छन् । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले कर्णालीकै पहिलो पालिकाका रूपमा हिमालाई बालविवाहमुक्त पालिकाका रुपमा घोषणा गरेका हुन् । उनले सामाजिक कुरीति र कुसंस्कृतिका रुपमा मौलाइरहेको बालविवाह अन्त्यको घोषणाले मुलुकमा सुखद सन्देश फैलाइरहेको बताए । 

पालिकाले झन्डै ३ वर्षको अभियानसँगै पालिका नै बालविवाहमुक्त घोषणा गर्न सकेको हो । यसअघि पालिकाभित्रका ७ वटै वडा बालविवाहमुक्त भइसकेका छन् । बालविवाहसम्बन्धिको राष्ट्रिय रणनीति २०७२ र बालविवाहमुक्त सर्वेक्षण तथा रणनीति २०७९ मा टेकेर बालविवाहमुक्त पालिका घोषणा भएको हो ।

२०८०/२०८१ मा १३२ जनाले विवाह गरेका सबैको उमेर पुगेको थियो । महिला तथा बालबालिका शाखा राज्यलक्ष्मी रावलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार ३ वर्षयता बालविवाह भएको छैन । हिमा १ मा १८, २ मा २७, ३ मा २२, ४ मा १८, ५ मा १२, ६ मा २२ वटा र ७ मा २३ जोडीले विवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बालविवाह मानवीय जीवनयापनसँग जोडिएकाले यो विषय प्राथमिकताका साथ उठाएको बताए । 

ADV

सम्बन्धित खबर