काठमाडौं : वैदेशिक रोजगार व्यवसायी विजय लामालाई पितृशोक परेको छ । काठमाडौंको सिनामंगलस्थित सुन्दर नेपाल ओभरसिज प्रा.लि.का सञ्चालक लामाका पिता प्रेमबहादुर लामाको निधन भएको हो ।
लामाको सोमबार ६५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । धादिङको गल्छी स्थायी घर भएका स्व. लामा लामा गुरुको रूपमा परिचित थिए । उनी समाजसेवामा समेत उत्तिकै सक्रिय रहेका थिए ।
स्व. लामाका पत्नी, दुई छोरी र तीन छोरा रहेका छन् ।