२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

व्यवसायी लामालाई पितृशोक

shivam cement
२०८२ जेठ १२ गते २०:००
Shares
व्यवसायी लामालाई पितृशोक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी विजय लामालाई पितृशोक परेको छ । काठमाडौंको सिनामंगलस्थित सुन्दर नेपाल ओभरसिज प्रा.लि.का सञ्चालक लामाका पिता प्रेमबहादुर लामाको निधन भएको हो ।

लामाको सोमबार ६५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । धादिङको गल्छी स्थायी घर भएका स्व. लामा लामा गुरुको रूपमा परिचित थिए । उनी समाजसेवामा समेत उत्तिकै सक्रिय रहेका थिए ।

स्व. लामाका पत्नी, दुई छोरी र तीन छोरा रहेका छन् ।

सम्बन्धित खबर