२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

मिर्गौला र क्यान्सर रोगबाट पीडितलाई दोलखा समाज जापानको सहयोग

मध्यान्ह
२०८२ जेठ १२ गते २१:०८
मिर्गौला र क्यान्सर रोगबाट पीडितलाई दोलखा समाज जापानको सहयोग

जापान : दोलखा समाज जापानद्वारा संचालित संयुक्त जीवन रक्षा अभियान अन्तर्गत जम्मा भएको सहयोग रकम हस्तान्तरण गरिएको छ । जापानमा बसोबास गर्ने दोलखालीहरुबाट संकलन गरिएको करिब २ लाख पन्ध्र हजार जापानिज यन सहयोग रकम हस्तान्तरण गरिएको हो ।

दुबै मिर्गौला फेल भइ वीर अस्पतालमा उपचारत रहेका दोलखा विगु गाउँपालिका वडा नं ४ साविक लादुक चित्रे बस्ने हरी खत्रीको लागि नेपाली ६३ हजार ३५० रुपैयाँ, काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गरिरहेका मिर्गौलाको क्यान्सर रोगबाट पीडित वैतेश्वर गाउँपालिका ५ नं वडा बस्ने सौरभ बस्नेतको लागि ६३ हजार ३५० रुपैयाँ तथा स्तन क्यान्सर जस्तो घातक रोग लागि भक्तपुर अस्पतालमा उपचार रहेकी वैतेश्वर गाउँपालिका ३ बस्ने सरिता अधिकारीको लागि ६३ हजार ३५० रुपैयाँका दरले सहयोग गरिएको छ । सहयोग रकम समाजका अध्यक्ष संजिव पोखरलले बिरामीका आफन्तहरुलाई हस्तान्तर गरेका हुन् । 

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष पोखरेलले समाजले विभिन्न सामाजिक तथा सहयोगका कार्य गर्दै आएको र समाजका गरिब दुखी तथा असहायका लागि निरन्तर सहयोग गरिने र यस कार्यमा साथ दिने सबैलाई धन्यवाद दिए ।

ADV

सम्बन्धित खबर