२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

बाजुरामा जिप दुर्घटना : टेलिकम बाजुराका प्रमुखसहित ३ जनाको मृत्यु

मध्यान्ह
२०८२ जेठ १३ गते १२:५१
बाजुरामा जिप दुर्घटना : टेलिकम बाजुराका प्रमुखसहित ३ जनाको मृत्यु

बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका–२ स्थित काँडाकोटमा सोमबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नेपाल टेलिकमको बा.५ च २२०९ नम्बरको जिप करिब ८० मिटर तल खस्दा घटनास्थलमै ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा नेपाल टेलिकम बाजुरा शाखाका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र रविन्द्र धामी रहेका छन् । दुर्घटनामा अन्य २ जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेक जोरा र बाजुरा प्रहरी प्रमुख डीएसपी इकवाल हवारीका अनुसार जिप सदरमुकाम मार्तडीबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ जाँदै थियो । सोही क्रममा काँडाकोटमा गाडी अनियन्त्रित भइ सडकबाट तल खसेको हो ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर