२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

१०३ जनाको निःशुल्क आँखा चेकजाँच

shivam cement
२०८२ जेठ १५ गते २१:३२
Shares
१०३ जनाको निःशुल्क आँखा चेकजाँच

सुनवल : लायन्स क्लब अफ सुनवलले मधुमेह भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क आँखा चेकजाँच सम्पन्न गरेको छ । 

लायन्स आँखा उपचार केन्द्रको वार्षिक उत्सवको अवसरमा  नेपाल नेत्र ज्योतिष संघका डा. विनोद निता कण्डेल, आँखा अस्पताल परासीको आयोजना तथा लायन्स क्लब सुनवलको सह–आयोजनामा मधुमेह भएका बिरामीहरूको आँखा चेकजाँच गरिएको हो । 

लायन्स क्लब अफ सुनवलका अध्यक्ष लक्ष्मी तिवारीको अध्यक्षता तथा लाइन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी इलेक्टेड गभर्नर लाइन बालाराम भट्टराईको प्रमुख आतिथ्यता मधुमेह भएका बिरामीहरूको आँखाको चेक जाँच गरिएको गरिएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले लाइन्स क्लबले यस वर्ष वातावरण, प्रकोप लगायतका क्षेत्रमा काम गर्ने बताए । त्यस्तै सुनल नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर थापाले लायन्स क्लब सुनवलले अत्यन्तै प्रभावकारी काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । 

त्यस्तै देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछानेले लायन्स क्लब अफ सुनवलले गरेका कार्यहरू अत्यन्तै मानवीय सेवाभावमा समर्पित रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा लायन्स क्लबका अध्यक्ष लक्ष्मी तिवारीले स्वागत गर्दै लायन्स क्लब सुनौलो वर्षभरि गरेका कार्यक्रमहरूका बारेमा जानकारी गराएकी थिइन् । 

साथै कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवाद व्यक्त गरिन् । 

कार्यक्रममा जी एस टि कोर्डिनेटर लायन आशिष कृष्ण श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष नेत्रलाल तिवारी,नेपाल रेड क्रस सोसाइटी सुनवल उपशाखाका सभापति गोपाल शर्मा, एरिया नम्बर ३ का एरिया चिफ लाइन शान्ति पाठक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन लायन्स क्लब अफ सुनलका सचिव तेजकुमारी चालिसेले गरेकी थिइन् । 

निःशुल्क आँखा चेक जाँच शिविरमा १ सय ३ जनाले आँखा परीक्षण गरेका कार्यक्रम संयोजक गीता पौडेलले जानकारी दिइन् । 

सम्बन्धित खबर