२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

तलब नबढेपछि सेवा निवृत्त कर्मचारीहरू असन्तुष्ट

shivam cement
२०८२ जेठ १६ गते १५:४८
Shares
तलब नबढेपछि सेवा निवृत्त कर्मचारीहरू असन्तुष्ट

काठमाडौं : निवृत्त राष्ट्रसेवक समाज नेपालले निवृत्तहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन माग गरेको छ ।  

बिहीबार सरकारले ल्याएको बजेटमा तलबमान वृद्धि नगरी महंगी भत्ता मात्र वृद्धि गरेको प्रति असन्तुष्टि जनाउँदै समाजले निवृत्त राष्ट्र सेवकहरूलाई महंगीले छुँदैन भन्ने दुरासयपूर्ण सोचमा सुधार गरी निवृत्तहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन वा उक्त राष्ट्रसेवकहरूको महंगी भत्तालाई तलबमानमा समायोजन गर्न माग गरेको हो । 

समाजका अध्यक्ष खेमनाथ अधिकारीले विज्ञप्ति जारी गर्दै सरकारले १५ जेठमा  ल्याएको संघीय बजेटमा राष्ट्रसेवकहरूको तलमान वृद्धि नगरी यसपटक पनि महंगी भत्ताकै नाममा सुविधा थप गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

समाजले महंगी भत्ताका नाममा निवृत्त राष्ट्र सेवकहरूलाई छक्काउने र अपहेलना गर्ने काम भएको र पटकपटक राष्ट्रसेवकहरूको तलब वृद्धि नगरी महंगी भत्ता मात्र बढाउनु प्रचलित परम्परा विपरीतको निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।  
 

सम्बन्धित खबर