२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

रास्कोटमा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी तालिम

himalayanlife
कमल कुमाल
२०८२ जेठ १७ गते १७:०६
Shares
रास्कोटमा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी तालिम

कालिकोट : कालिकोटको रास्कोट नगरपालिकामा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । 

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र रास्कोट नगरपालिकाको आयोजना तथा हरेन्डेक नेपाल कालिकोटद्वाारा संचालित सशक्त बालिका परियोजना अन्तर्गत विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी रास्कोट नगरपालिका विपद् व्यवस्थापन समितिका करिव २७ जना सहभागीलाई विविध विषयमा तालिम दिइएको पत्रकार टीकाराज उपाध्यायले बताए ।

त्यस्तै तालिममा बोल्दै नगर उपप्रमुख मनिराज बरालले विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी तालिममा सिकेका कुरालाई व्यहारमा लागू गर्नुका साथै तालिम समय सान्दर्भिक रहेको बताए ।

तलिममा घरमा आगलागि, ग्यास चु्हिएर हुने आगलागी, पहिरोबाट बच्न र प्राथमिक उपचारबारे जानकारी दिइएको सशक्त बालिका परियोजनाका संयोजक पदम हमालले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर