२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मकालु गाउँपालिकामा शिक्षक प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम सम्पन्न

ADV
लोकेन्द्र राज शर्मा
२०८१ जेठ २३ गते १२:०७
मकालु गाउँपालिकामा शिक्षक प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम सम्पन्न

संखुवासभा : संखुवासभा मकालु गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको शिक्षक प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाले भलिबल, हाजिरी जवाफ प्रतियोगिता र नृत्य प्रतियोगितासहित शिक्षक प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा वडास्तरीय पुरुष शिक्षक भलिबलमा वडा नं २ प्रथम भएको छ भने मकालु १ द्वितीय, मकालु ५ तृतीय र मकालु ४ ले सान्त्वना प्राप्त गरेको छ । वडास्तरीय पुरुष शिक्षक भलिबलमा ६ वटा टीम सहभागी भएका थिए । 

यसैगरी विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा शोभा आवि प्रथम भएको छ । प्रतियोगितामा सिंहेश्वरी मावि द्वितीय, बरुण भ्याली स्कुल तृतीय भएको छ । 

यस्तै हाजिरी जवाफ प्रतियोगितामा पहिलो चरणमा बस्तुगत प्रश्नको ४८ प्रतिशत अंक ल्याउन सफल १४ विद्यालय छनोट गरी दोस्रो चरणमा सहभागी गरिएको छ । 

खुला नृत्य प्रतियोगितातर्फ अरुण भ्याली प्रथम भएको छ । बालविकास आवि द्वितीय, बाल कल्याण आवि तृतीय भएका छन्। प्रतियोगितामा १२ वटा स्कुलको सहभागिता रहेको थियो । 

यसैबीच कक्षा ८ को उत्कृष्ट तीन विद्यार्थी तथा अभिभावकलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । परीक्षामा प्रथम राजारानी आविका सागर याम्फु राई १० हजार नगद सहित सम्मानित भएका छन् । 

परीक्षामा द्वितीय अरुण भ्यालीकी मन कुमारी तामाङ ६ हजार नगदसहित सम्मानित भएकी छन भने परिक्षामा तृतीय अरुण भ्यालीकै मबिसन लामा ४ हजार नगदसहित सम्मानित भएका छन् । 

कार्यक्रमको अध्यक्षता मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले गरेका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख नवराज ढुंगानाको पनि आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा सबै विधामा नगद, मेडल अनि प्रमाणपत्र प्रदान गरिएको पश्चिमेली शिक्षक समाज संखुवासभाका अध्यक्ष हर्क प्रसाद शर्माले जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise