२०८२ जेठ २१ गते बुधवार / Jun 04 , 2025 , Wednesday
२०८२ जेठ २१ गते बुधवार
Ads

लागुऔषध दुर्व्यसनी, अन्धविश्वास र कुरीति हटाउन अभियान सञ्चालन

सुर्य प्रसाद भुसाल
२०८२ जेठ १९ गते २०:४०
लागुऔषध दुर्व्यसनी, अन्धविश्वास र कुरीति हटाउन अभियान सञ्चालन

अर्घाखाँची : लागुऔषध दुर्व्यसनी, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा युवा सचेतना अभियान सञ्चालन गरिएको छ । 
कानूनले बर्जित गरेपनि समाजमा लुकेर रहेको बालविवाह, महिला तथा जातीय विभेद, घरेलु हिंसा जस्ता सामाजिक विकृतिजन्य कुरीति र दुर्व्यसनी नियन्त्रण गर्न नगरपालिकाको १०वटै वडामा यस्तो अभियान सञ्चालन गरिएको हो ।

भूमिकास्थान नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय युवा सञ्जालले १०वटै वडाको प्रतिनिधित्व हुनेगरी ५ स्थानमा ५ सय बढी युवालाई सहभागी गराएर युवा सचेतना कार्यक्रम सञ्चालन गरिएको भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालले जानकारी दिए । 

संयोजक भुसालका अनुसार गत शुक्रबार भूमिकास्थान ९ र १० का युवाहरुको सहभागितामा धनचौरमा सचेतना कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त कार्यक्रम आइतबार भूमिकास्थान ३ र ४ का युवाहरुको सहभागितामा धारापानीमा कार्यक्रम गरी समापन गरिएको छ ।

अभियानमा हिमाली अनुसन्धान केन्द्र काठमाडौंका प्रतिनिधि पुरन पोख्रेल र ट्रष्ट नेपाल खोटाङका  अध्यक्ष गोमा राईले प्रशिक्षण दिएकी थिइन् ।

जेठ १६ गते शुक्रबार, जेठ १७ गते शनिबार र जेठ १८ गते आइतबार धनचौर,नुवाकोट, असुरकोट, ढाकावाङ्ग र धारापानी गरी ५ स्थानमा ५ सय बढी युवा तथा सरोकारवालाको सहभागितामा सम्पन्न अभियानमा भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसाल र पत्रकार गोपाल प्रसाद भट्टराईले सहजीकरण गरेका थिए ।

२१औं शताब्दीमा पनि समाजमा जरा गाडेर बसेको बोक्सी, धामी,  महिनावारी बार्ने, बालविवाह, जातीय छुवाछुत र कुलत जस्ता समाजका हानिकारक विकृतिलाई रोक्न युवा सचेतना अभियानले प्रभाव पार्ने नगरप्रमुख झविलाल थापाले बताए । 

आम नागरिकको सकरात्मक सोंच र युवाहरुको सक्रियताले समाजका हानिकारक पदार्थ र गलत संस्कार हटाउन सकिने भन्दै नगर उपप्रमुख बालकृष्ण बन्जाडे र प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपालीले नगरपालिकाको अभियानमा सबैको हातेमालो जरुरी रहेको बताए  ।

कार्यक्रममा भूमिकास्थान १ का वडाध्यक्ष गोपाल खनाल, २ का वडाध्यक्ष बुद्धिबहादुर थापा, ३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र १० का वडाध्यक्ष खगिश्वर पन्थी,कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, वडासचिव, विद्यालयका शिक्षक प्रतिनिधि, स्वास्थ्यचौकीका प्रतिनिधि, प्रहरीसहित सामाजिक अगुवाको अग्रणी सहयोग रहेको थियो । 

युवा सचेतना अभियानमा सहभागी युवा तथा सरोकारवालाले समाजका नकरात्मक पक्षजस्तैः बोक्सी, दाइजो, बाल विवाह र दुर्व्यसनी जस्ता कुरीतिलाई अन्त्यगर्न भूमिका खेल्ने प्रण गरेका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर