२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

विकट बस्तीमा एम्बुलेन्स हस्तान्तरणका साथै निःशुल्क स्वास्थ्य शिविर

सुर्य प्रसाद भुसाल
२०८२ जेठ २० गते २१:५०
विकट बस्तीमा एम्बुलेन्स हस्तान्तरणका साथै निःशुल्क स्वास्थ्य शिविर

अर्घाखाँची : शितगंगा नगरपालिका वडा नम्बर ५, ६ र ७ का स्थानीय  नागरिकहरूलाई लक्षित गर्दै एक दिने स्वास्थ्य शिविरका साथै नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ बुटवल चौतारीले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो । 

कार्यक्रममा शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले स्थानीय वासिन्दालाई छिटोछरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गर्ने संस्थालाई धन्यवाद दिए । देउराली आधारभूत स्वास्थ्य केन्द्र, जुकेनामा आयोजित हस्तान्तरण कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले जानकारी दिए ।

यस्तै सोही अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ । शिविरमा ४१२ जनाको स्वास्थ्य परीक्षणका साथै परामर्श सेवा दिइएको रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । शिविरमा २९० महिला, १२२ पुरुष र ५० बालबालिकाले सेवा लिएका स्थानीय कमल ज्ञवालीले बताए । रोटरी क्लब बुटवल चौतारीका अध्यक्ष पौडेलकै नेतृत्वमा भएको कार्यक्रमको उद्घाटन शितगंगा नगरपालिकाका नगरप्रमुख पौडेलले गरेका थिए ।

कार्यक्रममा उपप्रमुख गीता भाट  लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा रोटरीयन प्रज्वल थान्जु, ओम जैसी, प्रमोद पन्थी, सुनील कासौधन, विजय खनाल, रोटरीका संस्थापक अध्यक्ष डा.विष्णु घिमिरे, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, अध्यक्ष मनोनीत राजु अधिकारी, अध्यक्ष प्रस्तावित कपिल पोखरेल, सचिव खगेन्द्र बेलबासे लगायत अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

स्वास्थ्य सेवा प्रदान गर्ने टोलीको नेतृत्व डा.सुन्दर न्यौपाने, श्रीकान्त सुवेदी र कृष्ण जीसीले गरेका थिए । यस्तै शिविरमा डा.अब्दुल सबुर खान, डा.आरती श्रेष्ठ, डा. विनोद पौडेल, डा.कृष्णकुमार यादव, डा.सन्तोष पाण्डे, डा.सन्ध्या अधिकारी र डा. प्रतिभा पन्थी लगायतले स्वयंसेवकका रूपमा सहभागी भएर स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।

ADV

सम्बन्धित खबर