२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

करिब २ करोड बराबरका गरगहनासहित ४ जना पक्राउ

shivam cement
२०८२ जेठ २९ गते १७:५७
Shares
करिब २ करोड बराबरका गरगहनासहित ४ जना पक्राउ

काठमाडौंः काठमाडौं महानगरपालिका–२२ प्युखाबाट करिब २ करोड १ लाख ७८ हजार ३ सय ६० रूपैयाँ बराबरको बिल भरपाई बिनाका सुन, हिरा तथा पत्थरका गहनाहरूसहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ बस्ने भारत कलकत्ता घर भएका ४३ वर्षीय हविवुल सेख, ३९ वर्षीय सुर्यजित दास, ४० वर्षीय तमल साद्रा र १६ वर्षीय बालक रहेका छन् ।

काठमाडौं महानगरपालिका–२२ प्युखा कृष्णचोकस्थित हविवुलले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा बिल भरपाई नभएका सुन, हिरा तथा पत्थरका गरगहनाहरू बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उक्त ज्वेलर्स तलासी गर्दा बिल भरपाई बिनाका उक्त रकम बराबरको गहनाहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाईएको छ । 

ताजा खबर

सम्बन्धित खबर