२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

क्यासिनोहरूमा जुवा खेल्ने-खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ

Nada
२०८२ चैत ३ गते २०:१०
Shares
क्यासिनोहरूमा जुवा खेल्ने-खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ

काठमाडौं : प्रहरीले क्यासिनोहरूमा हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जना नेपाली नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यकामा रहेका क्यासिनोहरूमा नेपाली नागरिकहरूले हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यहरू गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित रहेको लेमन ट्री होटलभित्र रहेको ग्राउन्ड क्यासिनोबाट १३ जना र काठमाडौं महानगरपालिका–१४ सोल्टीमोडस्थित रहेको क्यासिनो महजोङबाट एक जना समेत गरी जम्मा १४ जनालाई पक्राउ गरिएको हो ।”

पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद रु एक लाख ९० हजार, विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड मिलन प्रधान नाम गरेको एक थान, सवारी चालक अनुमति पत्र दुई थान, नक्कली भारतीय भोटर कार्ड एक थान, सिसी क्यामेराको डिभिआर तीन  थान तथा नेपाली खेलाडीले विभिन्न मितिमा नेपाली नगद साटेको ईन्ट्री बुक एक थान बरामद गरेको प्रवक्ता भट्टराईले बताए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर